एमाले बैठक: ओली र नेपालबीच फोन संवाद, बामदेव बालुवाटरमा
  • CIA Khabar

  • काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेरै केन्द्रीय कमिटी बैठकमा बोलाएका छन् ।

    दुई नेताबीच शुक्रबार बिहान फोन संवाद भएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    फोन संवादमा अध्यक्ष ओलीले बैठकमा आउन नेता नेपाललाई आग्रह गरेका थिए। उनले आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न आग्रह गरेको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्ने नेता तामाङले जानकारी दिए ।

    यसैबीच बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार गएका छन् । गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको बताउँदै उनी बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको बताए ।

    माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । हिजो बसेको नेपाल पक्षका नेताहरुको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको थियो ।

  • १८ असार २०७८, शुक्रबार १२:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images