काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा गणेश पहाडी र हरि पराजुली पनि सहभागी भएका छन् ।
वरिष्ठ नेता माधव नेपाल निकट नेता पहाडी २७ जेठमा सामान्य प्रशासन मन्त्री बनेका थिए । तर उनलाई सर्वोच्च अदालतले ८ असारमै पदमुक्त गरिसकेको छ । मन्त्री बनेपछि पहाडी ओली समूहको बैठकमा पहिलो पटक सहभागी भएका हुन् ।
पराजुली भने उपाध्यक्ष वामदेव गौतम निकट हुन् । गौतम पनि बैठकमा सहभागी छन् । तर माधव नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।