कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ पठाउने तयारी
  • CIA Khabar

  • काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने तयारी सरकारले गरेको छ ।

    नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार आगामी जुलाई ८ तारिखका दिन चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन आएको छ । जहाज ८ तारिखमा बेइजिङ उडाउने तयारी गरिएको उनले जानकारी दिए ।

    नेपाल सरकारले चीनसँग खोप खरीदको पहल गरिरहेको थियो । यसको ठोस प्रगति भने सार्वजनिक भएको थिएन ।

    शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले थप खोप आउने संकेत गरेका थिए ।

  • १८ असार २०७८, शुक्रबार १४:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images