काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले भेट्न अस्वीकार गरेको गुनासो गरेका छन् ।
दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी बैठक बोलाएपछि आफूले नेता नेपाललाई फोन गरेको ओलीले सुनाए ।
बालुवाटारमा जारी बैठकमा अध्यक्ष ओलीले बिहीबार बेलुकी २०–२५ मिनेट कुरा भएको बताए । ‘भेटौं’ भन्ने प्रस्ताव वरिष्ठ नेता नेपालले अस्वीकार गरेको भन्दै उनले भने, ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरुको दबाबले मात्रै उठाएको हुँ भन्नुभयो ।’