के हो कोलेस्ट्रोल ? कारण र बच्ने उपाय
  • CIA Khabar

  • कोलेस्ट्रोल आफैंमा खराब भने होइन । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ जसले प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्दछ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोल शरीरको विभिन्न अंगमा पुग्दछ । साथै कहिलेकाहिँ यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुन्छ, यसले मुटुमा समस्या पैदा गर्ने खतरा हुन्छ ।

    कोलेस्ट्रोल दुई प्रकारका हुन्छ, एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन) र एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन) । एलडीएललाई खराब कोलेस्ट्रोल भनिन्छ । यसले कोलेस्ट्रोललाई कलेजोबाट कोशिकामा पुर्‍याउने गर्दछ । यसको मात्रा बढी भएमा कोशिकाहरुमा हानीकारक रुपमा जम्मा हुन थाल्दछ । समय संगै एलडीएलले रक्तनलीलाई कडा बनाउँदै जान्छ । तर एचडीएललाई राम्रो कोलेस्ट्रोल मानिन्छ । यसले मुटु सम्बन्धि रोग लाग्नबाट बचाउँछ । कुनै पनि मानिसमा कोलस्ट्रोलको स्तर २०० एमजी रडिएल भन्दा कम हुनु पर्दछ ।

    एलडीएल (खराब कोलेस्ट्रोल) को लक्षण
    – शरिरमा थकान महसुस हुनु
    – अचानक कमजोरी महसुस हुन थाल्नु
    – शरीरमा आलस्यता बढ्नु
    – वजनमा वृद्धि हुनु
    – श्वास फेर्न कठिन हुनु
    – अत्याधिक मात्रामा पसिना आउनु
    – बेचैनी बढ्नु
    – छाती दुख्नु

    कारण
    – परिवारमा कसैलाई मुटु सम्बन्धि दीर्घकालीन रोग भएमा
    – परिवारमा कसैलाई उच्च कोलेस्ट्रोल भएमा
    – मधुमेह, उच्च रक्तचाप, हाइपरटेन्सन, मृगौला सम्बन्धि समस्या भएमा
    – कलेजो सम्बन्धि समस्या, हाइपर थाइराईडिज्म भएमा
    – महिनावारी छिटै रोकिएका महिलाहरुमा
    – उमेर बढ्दै जादाँ

    बच्ने उपाय
    – रातो मासुको सेवन नगर्ने, यसको सट्टा माछाको सेवन गर्ने ।
    – जनावरसँग सम्बन्धित एनिमल फ्याटको सेवन कम गर्ने ।
    – घिउ, बटर, नौनी, चीज लगायत पदार्थको सेवनमा कमी गर्ने ।
    – गुलियो तथा मिठाईबाट बसेका परिकार नखाने ।
    – मासुको तुलनामा फलफूल, हरिया सागसब्जीको सेवन बढाउने ।
    – रेसादार तथा फाइबरयुक्त खानेकुरा अधिक मात्रामा सेवन गर्ने
    – बोसो तथा छालायुक्त मासुको सेवनमा कमी ल्याउने ।
    – बेलुका पर्याप्त निदाउने, अनिन्द्रा वा जागा नहुने ।
    – मद्यपान, धुम्रपानको सेवन नगर्ने ।

  • १८ असार २०७८, शुक्रबार १५:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images