बसाइँ सर्ने बढे
  • CIA Khabar

  • ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाबाट एकैवर्षमा पाँचसय जना बढी बसाइँ सरेका छन् ।

    चालू आर्थिक वर्ष २०७७\७८ को यो अवधिसम्ममा कूल पाँच सय ३० जना बसाइँ सरेर अन्यत्र गएका छन् ।

    गाउँपालिका पञ्जीकरण शाखाको तथ्याङ्कअनुसार पाँच सय ३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन् । तथ्याङ्कअनुसार वडा नं। ७ खेबाङबाट सबैभन्दा बढी एकसय ४९ जना बसाइँ सरी अन्यत्र गएका छन् । खेबाङमा चारजना भित्रिएका छन् ।

    यस्तै गाउँपालिका–८ याम्फुदिनबाट सबैभन्दा थोरै १३ जना बसाइँ सर्दा एकजना भित्रिएका छन् । यसैगरी वडा नं। १ सिनामबाट ५३, २ आम्बेगुदिनबाट एकसय २०, ३ सिकैँचाबाट ७३ र ४ तेल्लोकबाट ६४, ५ पेदाङबाट ४० र ६ मामाङ्खेबाट १८ जना बसाइँ सरेका छन् ।

  • १९ असार २०७८, शनिबार ०९:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images