बुद्धभूमि । बुद्धभूमि नगरपालिका वडा ४ ले अपाङ्गता भएका र वृद्धा्लाई सनिबार एक कार्यक्रम गरि सम्मान गरेको छ। आर्थिक वर्ष ०७७/०८८ को वडा स्तरीय सामाजिक कार्यक्रम अन्तर्गत वडाले वडा भित्रका २१ जना अपाङ्गता भएका र वृद्धा्लाई सम्मान गरेको हो। वडा कार्यलय बुड्ढिमा एक कार्यक्रम गरि प्रति व्यक्ति १५०० पर्ने गरि पनि तताउने इलेक्टिक जग, झुल र छाता वितरण गरेको हो।
कार्यक्रममा बोल्दै मेयर केशव कुमार श्रेष्ठले अपाङ्गता भएका नागरीकको जीवन स्तर उकास्न स्थानीय सरकारले ध्यान दिएको बताउनुभयो । दैनिक जीवनमा प्रयोग हुने सामाग्रीले जीवनयापनमा सहयोग पुग्ने भन्दै समय परिस्थिति अनुकुल सम्मान स्वरुप समान वितरण गरेको बताउनुभयो।
नगरले अपाङ्गता भएका व्याक्तिकालागी बिभिन्न काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताउनुभएको छ।
यस्तै बुद्धभूमि नगरपालिका वडा ४ का अध्यक्ष एवम कार्यक्रमका अध्यक्ष पवन कुमार थारुले वडाले वडा भित्रका सबैलाई बिभिन्न कार्यक्रममा समेट्दै आएको र कहिँ कतै केहि व्यक्ति छुट्नुभएको भए फेरी अन्य कार्यक्रममा सहभागी गराउने बताउनुभयो।
पवन कुमार थारुको अध्यक्षता रहेको कार्यक्रमा नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आथित्यता,विशिष्ट अथिति सुचना अधिकृत राजन पोख्रेल, वडा सदस्यहरुको आथित्यता रहेको उक्त कार्यक्रममा सचिव पुष्पा गैरेको स्वागत मन्तव्य,जीवन भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।
सम्मान स्वरुप इलेक्टिक जग, झुल र छाता पाएपछि अपाङ्गता भएका र वृद्धाले खुसि हुदै वडा र नगरलाई धन्यवाद दिएका छन्।