एमालेले साउनमा विधान महाधिवेशन गर्ने, बादलसहितका नेतालाई जिम्मेवारी
  • CIA Khabar

  • काठमाडौ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले विधान महाधिवेशन साउन २५–२७ काठमाडौँमा गर्ने गरेको हो ।

    यसका लागि पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय गरेको छ । महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ ।

    यस्तै बैठकले भदौ ५ गते वडा र भदौ १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । ०७९ वैशाख ३० भित्र महाधिवेशन गर्ने गरी जान सकिने प्रस्ताव आए पनि निर्णय भने भएको छैन ।

    यस्तै बैठकले विभाग गठन गरी स्थायी कमिटीबाट अन्तिम रूप दिने निर्णय भएको छ । एमालेले निर्वाचनको तयारीमा पार्टी पङ्क्ति जुट्ने पनि निर्देशन दिने निर्णय गरेको छ ।

    बैठकको अन्तमा केपी ओलीले १० औँ महाधिवेशन आयोजक कमिटी गरेका निर्णय कायम रहने बताए ।

  • २० असार २०७८, आईतवार ०८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images