पृथ्वी राजमार्गमा पहिरोले ५ वटा सवारीसाधन पुरियो, २ जनाको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङ खोलामा आज बिहान पहिरो खस्दा पाँचवटा सवारी साधन पुरिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

    बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा सडकमाथिबाट खसेको पहिरोमा पर्दा अन्य ६ जना घाइते भएका छन् । ट्रक र कन्टेनर पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

    ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

    प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

    पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको भारतीय ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    अवरुद्ध सडक अपराह्नदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

  • २० असार २०७८, आईतवार ०८:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images