प्रतिनिधिसभा विघटन प्रकरण : आज सभामुख तर्फबाट कानून व्यवसायीले बहस गर्दै
  • CIA Khabar

  • काठमाडौँ। प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका अधिवक्ताको बहस हुने भएको छ ।

    सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् ।

    उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस गर्ने तयारी छ ।

    गत असार ९ गते शुरू भएको सुनुवाइमा यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना अधिवक्ताले बहस गरेका छन् । उनीहरूले १४ घण्टा बहस गरेका छन् ।

    सुनुवाइको शुरूवातमा निवेदक पक्ष (विपक्षी गठबन्धन)का तर्फबाट ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । उनीहरुले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् । जवाफी बहसका लागि उनीहरूलाई ३ घण्टा समय दिइएको छ ।

    निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने तय भएको छ । सोमबार एमिकस क्युरीले २ घण्टा राय दिएपछि यो मुद्दाको फैसला आउनेछ ।

    नयाँ सरकार बन्ने विकल्प हुँदाहुँदै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन् । ती रिट निवेदनमध्ये ४ वटामा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिनुपर्ने माग गरिएको छ भने २६ वटामा आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने माग गरिएको छ ।

  • २० असार २०७८, आईतवार ०८:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images