कांग्रेस रूपान्तरणको लागि नयाँ प्रस्ताव ल्याउँदै युवा नेता भुपेन्द्रजंग शाही
  • CIA Khabar

  • काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १४औं महाधिवेशनमा कांग्रेस रूपान्तरणको लागि लागि प्रस्ताव ल्याउने भएका छन् । कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको दाबी गर्नेहरूको सँख्या दिनदिनै थपिइरहेका छन् ।
    शाहीले भने,’पार्टीभित्र वैचारिक बहसका लागि राजनीतिक प्रस्ताव ल्याउन लागेको हुँ। कांग्रेसमा अहिले भावी नेतृत्वको चर्चा भइरहँदा नीतिबारे भने बहस शुन्य छ ।’ कांग्रेस वैचारिक रूपमा सशक्त भए मात्रै देशमा लोकतन्त्र र संविधानको रक्षा हुने उनले बताए । त्यसका लागि महाधिवेशन वैचारिक विमर्श गर्ने उपयुक्त थलो भएको शाहीको धारणा छ। ’व्यक्ति होइन विचार, पद होइन पद्धती, सत्ता होइन समाज, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य मान्यता सहितको राजनीतिक शुरुवात नेपाली कांग्रेसले गर्नुपर्छु ।

    पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि केही नयाँ प्रस्तावहरू ल्याउने बताएका छन्। ’कांग्रेसको विचारलाई सशक्त बनाउने र त्यसलाई तल्लो तहसम्म पु¥याउनका लागि जागरण अभियान चलाउने, समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनै पनि हालतमा दोहो¥याउनु नहुने, पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटक भन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्ने लगायतका प्रस्ताव ल्याउने गरि तयारी भइरहेको छु,’ नेता शाहीले भने ।
    केही दिनमा उनले कांग्रेस रूपान्तरणको उक्त प्रस्ताव वैचारिक विमर्शका लागि पुस्तककै रूपमा ल्याउने तयारी गरेका छन् । तरूण दलका महासचिव र नेविसंघका पूर्वउपाध्यक्ष समेत रहेका युवा नेता शाही पार्टी आगामी महाधिवेशनमा सह–महामन्त्रीका आकांक्षी हुन। कांग्रेसका तर्फबाट शाहीले कालिकोटबाट दुईपटक सांसदको चुनाव लडिसकेका छन् ।

  • २० असार २०७८, आईतवार ११:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images