माधव नेपालले प्रधानमन्त्री ओलीसँग भेट्न रुची देखाउनु भएन : पौडेल
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं गृहमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन् ।

    पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए । भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिए ।

    राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँवानेश्वरमा नेता नेपालसँगका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताएका हुन् ।

    उनले भने, ‘माधव कमरेडकोमा गएका थियौ । म, सुवास जी र शंकर जी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्यौ भने, पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन् । तपाईहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि । हामी पनि आपसमा विभिन्न साथीहरुसँग छलफलमा छौं । समाधान खोजेर अगाडि जाऔ । पार्टी अध्यक्ष र तपाईकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौ । भनेर हामीले
    प्रस्ताव राख्यौ ।उहाँले खासगरीकन प्रधानमन्त्रीसँग भेट्नका लागि अरुची प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुची राख्नुभएन । ठिकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौ।’

  • २० असार २०७८, आईतवार १६:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images