सेयर बजार नेप्से ८.४८ अंकले घट्यो, ५ अर्बको कारोबार
  • CIA Khabar

  • काठमाडौँ। साताको पहिलो आइतबार सेयर बजार परिसूचक नेप्से ८.४८ अंकले घटेको छ। यस्तै आज दिनभरिमा ५ अर्ब ५ करोडको मात्रै सेयर खरिदबिक्री भएको हो।

    आइतबारको कारोबारमा क वर्गका कम्पनीको मापन गर्ने सूचक सेन्सिटिभ पनि शून्य दशमलव ३३ अंकले झरेको छ। आजको कारोबारमा २ सय २४ कम्पनी सामेल भए। त्यसमा ६० हजार १ सय ७५ पटक कारोबार भयो।

    उक्त अवधिमा कम्पनीहरुको १ करोड ८ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। १३ उपसमूहमध्ये आज होटल र पर्यटन, अन्य, म्युचुअल फन्डबाहेक बाँकीको कारोबार सूचक पनि ओरालो लागेको छ ।

  • २० असार २०७८, आईतवार १६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images