काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप, मंगलबारदेखि टेम्पो र माइक्रो बस चल्ने
  • CIA Khabar

  • काठमाडौँ। काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाइएको छ ।

    अब उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो ।

    यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । अब असार २२ गते (मंगलबार) देखि भने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएका हुन् ।

    बैठकले स्वीकृत सिट क्षमता अनुसार टेम्पो र निलो माइक्रोलाई पनि चल्न दिने निर्णय गरेको छ ।

    सफा टेम्पो र निलो माइक्रोले कुल ९ जना यात्रु बोक्न पाउँछन् । पछाडि तेर्सो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रुभन्दा बढी बोक्न पाउने छैनन् ।

  • २० असार २०७८, आईतवार १८:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images