काठमाडौँमा भूकम्पको धक्का
  • CIA Khabar

  • काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    आज बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    यो भूकम्प ‘गोरखा भूकम्प’कै पराकम्प भएको केन्द्रले जनाएको छ । यसअघि जेठ ५ मा लमजुङको भूलभूले केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो ।

  • २१ असार २०७८, सोमबार ०८:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images