युवा संघ ले गर्यो पिडित श्रमिक को उद्धार
  • CIA Khabar

  • काठमाडौं ।  रास्ट्रीय युवा संघ नेपाल का नेताहरु ले रामेछाप मा मजदुरी गर्ने ५ पुरुष र २ महिलाको उद्धार गरेका छन । संघका केन्द्रीय सह कोषाध्यक्ष जय गुरुङको पहल मा रामेछाप बाट उद्धार गरी काठमाडौं पठाइयको हो । त्यसै गरी काठमाडौं मा पिडितहरु लाई खाना , नास्ता रास्ट्रीय युवा संघ का केन्द्रीय स्थायि कमिटि सदस्य द्वय खेम शर्मा र अमित पौडेल ले ब्यवस्था गर्नु भयको छ ।

    नेता अमित पौडेल ले नगत सहित बर्दिया तर्फ जाने प्रबन्ध मिलाउनु भयको युवा संघ बर्दियाका अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य राजु पहारी ले जानकारी दिनु भयो । बिगत ४ दिन देखि अलपत्र कामदार लाइ ठेकेदार ले काम नदिइ उनिहरुको श्रम शोषण सम्म गरेको र सम्झौता अनुसार पैसा उपलब्द नगराय पछि श्रमिकहरु अलपत्र परेका हुन ।

    नेता जय गुरुङ का अनुसार उनिहरु लाइ दुई दिन रामेछाप मै बस्ने र खाने ब्यवस्था गरियको थियो । युवा संघ बर्दियाका सह सयोजक रेशम चन्द लाई पिडितहरु ले खबर गरेपछि उनिहरु ब्यस्था गरियको अध्यक्ष राजु पहारी ले जनाउनु भयो । काठमाडौं बसपार्क स्थित नेता अमित पौडेल ले माक्स, स्यानिटाइजर , नगद र खाना को प्रबन्ध मिलाउनु भयको हो ।

    पिडितहरु आजै बर्दियातर्फ पठाउने बताउदै पौडेलले ठेकेदार लाई कार्बाहिको माग गरिएको अध्यक्ष पहारी ले बताउनु भयो । पिडितहरु को आर्थिक अवस्था न्यून बर्दिया जिल्ला मधुवन नगरपालिका वार्ड न ५ र ६ का राम सुरत चौधरी चैति देवी पौडेल कामना पौडेल हिक्मत चन्द प्रेम शाही लगायत लाई एमाले नेता कार्यकर्ताले सहयोग गरेका थिए ।

  • २१ असार २०७८, सोमबार १८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images