स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित रुपन्देहीबाट २ जना पक्राउ
  • CIA Khabar

  • रुपन्देही। स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिाकाबाट २ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ बस्ने २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवा बस्ने ३५ वर्षका सुरज गौण छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार सिद्धार्थनगर नगरपालिका –१ वाईपासस्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

    डीएसपी थापाका अनुसार विनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटर रोकी खानतलासी गर्ने क्रममा झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ फेला परेको हो ।

    अहिले प्रहरीले थप अनुसन्धाका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको बताएको छ ।

  • २३ असार २०७८, बुधबार ०८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images