माओवादी केन्द्रविरुद्ध उजुरी दिन बादल समूह निर्वाचन आयोग पुगे
  • CIA Khabar

  • काठमाडौँ। माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् ।

    माओवादी छाडेर एमालेमा लागेका कारण पदमुक्त भएका रामबहादुर थापा (बादल) सहितका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिन पुगेका हुन् ।

    ‘बादल’ सहित लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपाने लगायतका नेता आयोग पुगेका छन् ।

    २०७१ सालदेखि माओवादी पार्टीको महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको बादल समूहको दाबी छ ।

    गत फागुन २३ मा सर्वोच्च अदालतले साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेसँगै पूर्व माओवादी र पूर्व एमाले ब्युँतिएका थिए ।

    माओवादी केन्द्र र एमाले ब्युँतिएसँगै एमालेतिर लागेका तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।

    पार्टीले कारबाही गरेसँगै उनीहरु पदमुक्त भएका थिए ।

     

  • २३ असार २०७८, बुधबार १६:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images