जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा
  • CIA Khabar

  • काठमाडौँ। जीवन विकास लघुवित्तले सर्वसाधरणमा निष्कासन गरेको आईपीओ बुधबार बाँडफाड भएको छ ।

    कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल नक्साल, नागपोखरीस्थित कार्यालयमा बुधबार बिहान १० बजे उक्त आईपीओ बाँडफाँड भएको हो ।

    क्यापिटलका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट, मेरो शेयरको मोबाइल एप, जीवन विकास लघुवित्त र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट आईपीओ नतिजा हेर्न सकिन्छ ।

    धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा गोला प्रथाबाट भाग्यमानी १ लाख ८४ हजार ८०१ जना आवेदकले शेयर पाएका छन् ।

    बिक्री प्रबन्धकका अनुसार १ लाख ८४ हजार ८०१ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता शेयर गोलाप्राथबाट १० कित्ता शेयर पाउनेमध्ये ५ जनालाई थप १र१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

    जसअनुसार ५ जना भाग्यमानी आवेदकले थप १ कित्तासहित ११ कित्ताका दरले ५५ कित्ता शेयर पाएका छन् भने १ लाख ८४ हजार ७९६ जना आवेदकले १० कित्ताका दरले १८ लाख ४७ हजार ९६० कित्ता शेयर पाएका छन् ।

  • २३ असार २०७८, बुधबार १६:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images