इसेवा मनि ट्रान्स्फर र युकेको सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता
  • CIA Khabar

  • इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिन्छ।

    विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्।

    नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कबाट समेत पाउन सकिनेछ। साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ। सिफ्ट युकेमा अवस्थित् अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो।

  • २३ असार २०७८, बुधबार १८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images