एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता शुरू
  • CIA Khabar

  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको छ ।

    नक्सालस्थित मेरियट होटलमा केहीबेरअघि शुरु भएको वार्तामा एमाले उपमहासचिव विष्णु पौडेल पनि सहभागी छन् । छलफलका लागि नेता नेपाल पहिला नै पुगेका थिए भने अध्यक्ष ओली केहीबेरपछि मेरियट होटल पुगेका थिए ।

    यसअघि अध्यक्ष ओलीसँग भेट गर्न नमानेका नेता नेपाल भेटका लागि सहमत भएपछि दुई नेताबीच वार्ता शुरू भएको हो ।

    यसअघि आजै बसेको एमाले विवाद समाधान कार्यदलको बैठकपछि नेताहरुले विवाद समाधान उन्मुख भएको दाबी गरेका थिए ।

    छलफलपछि एमाले नेता सुवास नेम्वाङले आवश्यकताअनुसार अध्यक्ष ओली र नेता नेपालबीच पनि छलफल हुनसक्ने जानकारी दिएका थिए ।

    पछिल्लो पटक गत ३० वैशाखमा बुढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा दुई नेताबीच वार्ता भएको थियो ।

  • २३ असार २०७८, बुधबार २०:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images