यी नदीमा बाढीको जोखिम, बाढी पूर्वानुमान महाशाखाले भन्यो-सतर्कता अपनाउन
  • CIA Khabar

  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाढीका कारण आज मुलुकका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाले २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बुढिगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने सम्भावना रहेको जनाएको हो ।

    यसैगरी सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने तथा तिनाउ, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

    महाशाखाले खोला तथा नदीमा पानीको बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

    महाशाखाले हाल सप्तरीको बर्मजिया र आसपास पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको तथा माउली खोला लगायत अन्य साना खोलामा पानीको बहाव बढेको भन्दै नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

  • २४ असार २०७८, बिहीबार ०८:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images