जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा दुई महिला पक्राउ
  • CIA Khabar

  • काठमाडौँ। युवतीलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पोखराबाट दुई जना महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पोखरा– १० रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र ४० वर्षीया आइतीमाया गुरुङ रहेका छन् ।

    प्रहरीका अनुसार होटल ब्यवसाय गर्दै आएका महिलाले होटलमा आउने व्यक्तिसँग पैसा लिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको आरोपमा दुई महिला पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यलय कास्कीका डीएसपी सुवास हमालका अनुसार होटलमा राम्रो काममा लगाइ दिने आश्वासनमा युवतीलाई जबर्जस्ती यौन शोषण गरेको आरोपमा राम बजारमा होटल ब्यवसाय गर्दै आएका दुई महिला पक्राउ परेका हुन् ।

    डीएसपी हमालका अनुसार दुवै महिलाले शुरुमा युवतीसँग राम्रै व्यवहार गरेपनि पछि होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर डर धाक धम्की दिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने गरेको खुलेको छ ।

    उनिहरुलाई अहिले मानव बेचविखन तथा ओसारपसार मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २४ असार २०७८, बिहीबार ०९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images