तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता
  • CIA Khabar

  • तनहुँ– तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।

    ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

    श्रेष्ठका अनसार आज बिहान ५स्३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

    डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध

    पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिनुभयो ।

    गत मङ्गलबार पहिरोले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो ।
    डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो ।

    पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरो झरेर अवरुद्ध भएको छ । पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । पहिरोले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पुर्‍याएको छ ।

  • २४ असार २०७८, बिहीबार १०:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images