पाल्पामा पहिरोले पाँच घर पुरिए, एकको मृत्यु, ४ वर्षीय बालक बेपत्ता
  • CIA Khabar

  • पाल्पा । लगातारको वर्षासँगै पहिरो जाँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ ।

    पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर पुरिँदा सोही ठाउँका पूजा परियारको ४ वर्षीय छोरा बेपत्ता भएका छन् ।

    पहिरोले हिउँदे खोला क्षेत्रका नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्।

    बुटवल,पाल्पा सडक अवरुद्ध

    पहिरोका कारण पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको भारी वर्षाका कारण सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो ।

    सिद्धबाबा, झुम्सा, पानी मिल, हिउदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।

    वर्षा भइरहेको माथिबाट पहिरो खस्ने क्रम नरोकिएको हुँदा बाटो खुलाउन समय लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी ईन्सपेक्टर ज्ञानु पाण्डेले बताए । उनले स्काभेटर बोलाएर पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए ।

     

  • २४ असार २०७८, बिहीबार ११:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images