एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मलाई स्थगित, दुवै पक्ष आन्तरिक छलफलमा
  • CIA Khabar

  • काठमाडौँ। नेकपा (एमाले) को कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो ।

    आन्तरिक तयारीका लागि बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । बैठक स्थगित गरेर अहिले दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

    बैठकपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले वार्ता सकरात्मक रहेको जानकारी दिए । “आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौँ, वार्ता सकरात्मक छ,” उनले भने ।

    कार्यदलमा दुवै पक्षका पाँचरपाँच जना सदस्य छन् ।

  • २४ असार २०७८, बिहीबार १६:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images