कैलालीमा बालकको हत्या आरोपमा दिदीसहित दुई किशोरी पक्राउ
  • CIA Khabar

  • कैलाली। कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको हत्या आरोपमा दुई किशोरी पक्राउ परेका छन् ।

    बालकको हत्या आरोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको बताए । उनका अनुसार ती किशोरीले घरायसी रिसइबीका कारण बालकको हत्या गरेको बयान दिएकी छन् ।

    ‘प्रारम्भिक अनुसन्धानको क्रममा बालकको हत्या उनकै दिदीले गरेको देखिएको छ । दिदी नाता पर्ने किशोरीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन् । विवेकले लगाएको बाला ती युवतीको साथीसँग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ ।’ उनले भने ।

    गत सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधबार जमरा कुलोको किनारमा शव फेला परेको थियो ।

  • २४ असार २०७८, बिहीबार १८:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images