शिवराजमा ग्रामिण रोजगार कार्यक्रम वाट ४० घरधुरीलाई खोर वितरण
  • CIA Khabar

  • शिवराज ।शिवराज नगरपालिका वडा न.३मा रहेको लोकल कुखरा पकेट क्षेत्रका कुखुरा पालन कृषकलाई मुख्य मन्त्रि ग्रामिण रोजगार कार्यक्रम वाट ४० घरधुरीलाई खोर वितरण गरिएको छ । शिवराज नगरपालिकाको वडा न .३ लाई लोकल कुखरा पकेट क्षेत्रका रुपमा विस्तर गरिने वडा न ३. का वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।

    गरिब तथा विपन्न परिवारका ४० जनालाई कुखुराको खोर वितरण कार्यक्रममा वडा न ३ को भितरिया गाँउ कुखुरा पालनका लागि उपयुक्त ठाँउ भएकोले खोर वितरण गरिएको शिवराज नगरपालिका उप मेयर शिवकुमारी थारुले बताइन् खोर वितरण कार्यक्रममा बोल्दै उप मेयर थारुले शिवराज नगरपालिकाले शिक्षा,स्वस्थ्य संगै व्यक्तिहरुको आयमुलक कार्यमा शिवराज नगरपालिकाले लगानी गर्दे आएको बताइन् ।

    No description available.

    खोर वितरण कार्यक्रममा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले स्थानिय कुखुरा पालक कृषकलाई आत्मनिर्भर बनाउना नगरपालिकाले मुख्य मन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत खोर वितरण गरिएको अधिकारीले बताए । मेयर अधिकारीले प्रयोजन अनुसार काम गर्न कृषकलाई आग्रह गरेका थिए । सरकारले दिएको सामाग्री प्रयोग भए नभएको अनुगमन समेत गरिने बताए ।

  • २४ असार २०७८, बिहीबार २०:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images