शिवराजको उपहार सुनौला हजार दिनका आमालाई पौष्टीक आहार
  • CIA Khabar

  • शिवराज ।  शिवराज नगरपालिकाका गर्भवती रहेका र सुत्केरी भएका आमालाई पौष्टिक आहार वितरण गरेको छ । शिवराज नगरपालिकाका ११ वटा वडाका ३० जनाका दरले सुनौला हजारदिनका ३०० जना आमाहरुलाई उपहारको रुपमा पौष्टिक आहार वितरण गरिने बहु क्षेत्रीय पोषण कार्यक्रमका संचालिका कमला काप्लेले बताइन् ।
    उपहार स्वरुप खाने पानी फिल्टर १३ लिटर पोषण झोला चामल,चन्ना,नुन,घ्यु,अण्डा र सरसफाई किट टावेल टुटपेस्ट काइयो नेलकटर,विउविजन,हजारी ५ लिटरको वितरण गरिने काफ्लेले बाइन् ।
    बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात जन्मिएको २ बर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भईसक्ने भएकोले सुनौला हजार दिन अन्तरगतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो । यो खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण देखा नपरोस् भनेर सञ्चालन गरिएको र लक्ष्ति वर्गलाई सामाग्री वितरण गरिएको शिवराज नगपालिकाको उपमेयर शिवकुमारी थारुले बताइन् ।
    विश्वमा ५ वर्ष मुनिका ४५ प्रतिशत बालबालिकाको कुपोषणले गर्दा मृत्युहुने गरेको अध्ययनले देखाएकोले सुलोला हजार दिनका आमाहरुलाई पोषण युक्त सामाग्री वितरण गरिएको र सुतकेरीहरुलाई उपहर स्वरुप वितरण गरिएको उपमेयर थारुले बताइन् ।

    May be an image of 3 people and people standing

    सामाग्री वितरण कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य शान्ता शेन कृषि शाखा अधिकृत शान्तीमाया अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

  • २५ असार २०७८, शुक्रबार ०८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images