सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
  • CIA Khabar

  • काठमाडौँ। सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

    विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

    गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

    नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा. आशा सिंह छन् ।

    मन्त्रिपरिषद् बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको उनले बताए ।

  • २५ असार २०७८, शुक्रबार ०८:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images