नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
  • CIA Khabar

  • काठमाडौँ। पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

    भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन सुचारु भएको हो । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ : ३० देखि एकतर्फी सञ्चालनमा आएको हो।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।

  • २५ असार २०७८, शुक्रबार ०९:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images