चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप
  • CIA Khabar

  • काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ल्याएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।​

    चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

    पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो।

    निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप लिन बेइजिङ जाने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप ल्याइएसँगै अर्को हप्तादेखि लगाउन शुरु गरिने छ ।

  • २५ असार २०७८, शुक्रबार ०९:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images