सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन पक्राउ
  • CIA Khabar

  • काठमाडौं । भक्तपुरको घ्याम्पे डाँडा जंगलमा गाडी रोकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए ।

    जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका वेला बुधबार राति ११ बजे फेला परेका थिए ।

    भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

  • २५ असार २०७८, शुक्रबार ०९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images