कसरी बनाउने गुन्द्रुक र कोदाको ढिँडो ?
  • CIA Khabar

  • आवश्यक सामग्री (चार जनाको लागि)

    पानी — ३ कप (चिया कपको)
    तोरी तेल — २० ग्राम
    हरियो लसुन सानो — २ मुठा (मसिनो गरी काटेको)
    सुकेको खोर्सानी — २ वटा
    नुन — स्वाद अनुसार
    वेसार — १÷२ चम्चा (सानो चम्चाको)
    गोल्भेडा — १०० ग्राम मसिनो गरी काटेको
    तोरीको गुन्द्रुक — १ छटाक (सफा गरेको)

    गुन्द्रुक बनाउने विधि

    बाक्लो प्यानमा तेल तताउने, गुन्द्रुक फ्राई गरेर झिक्ने । अब त्यसैमा खुर्सानी र लसुन फ्राई गरेर पछि गोल्भेडा, नुन बेसार राखेर एकछिन छोपेर पकाउने ।
    गोल्भेडा पाकेपछि पानी राख्ने, उम्लिएपछि गुन्द्रुक राखिदिने । एकछिन उम्लिए पछि झिकेर अर्को बाटामा खन्याउने ।
    ढिँडोको सामग्री :

    कोदाको पिठो — १ के.जी.

    पानी — १/२ लिटर पानी नपुग भएमा थप्न सकिन्छ ।

    बनाउने विधि :

    कराहीमा पानी तताउने र २ चम्चा पिठो छरिदिने । पानी उम्लिएपछि पिठो राख्दै दह्रो पन्युले चलाउँदै जाने ।
    कराहीमा मांम्री बस्न थालेपछि यो तयार हुन्छ । त्यसपछि कचौरामा गुन्द्रुक राख्ने र थालमा ढिँडो राखी चोप्दै खाने ।
    साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

  • २५ असार २०७८, शुक्रबार ०९:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images