दल दर्ता खारेजीको निवेदनमाथिको प्रगति बुझ्न पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा
  • CIA Khabar

  • काठमाडौँ। माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्वमाओवादी नेताहरू आफूले दिएको निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका छन् ।

    टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू ११ बजे निर्वाचन आयोग पुगेका हुन् । लेखराज भट्ट भने अस्वस्थ भएका कारण नगएको बताइएको छ ।

    अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार उनीहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए ।

    आयोगमा भइरहेको निवेदनमाथिको कारवाही बुझ्न आफूहरू गएको नेता लिलबहादुर थापाले बताए ।

    एमालेमा प्रवेश गरेसँगै माओवादीले कारवाही गर्दा उनीहरूको सांसद पद खारेज भएको थियो ।

  • २५ असार २०७८, शुक्रबार १६:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images