सवारी दुर्घटनामा परी एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष प्रसाईंको मृत्यु
  • CIA Khabar

  • झापा। नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। आज अपराह्न भएको दुर्घटनामा प्रसाईको मृत्यु भएको हो ।

    झापाको चारआली चन्द्रगढी सडक खण्ड अन्तर्गत देवकोटा चोकमा आफैँले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा प्रसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका प्रसाईलाई उपचारको लागि मेची अञ्चल भद्रपुरमा लगिएको थियो । तर, अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

  • २५ असार २०७८, शुक्रबार १६:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images