ओमानमा कोरोना संक्रमण बढेपछि समयमै खोप लगाउन नेपालीलाई दूतावासको अनुरोध
  • CIA Khabar

  • दोहा। ओमानमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टहरू देखा परेसँगै संक्रमण तीव्र रुपमा फैलिन थालेको छ ।

    संक्रमण दर ह्वात्तै बढेसँगै ओमानस्थित नेपाली दूतावासले ओमानमा रहेका नेपालीहरूलाई त्यहाँको सरकारको निर्णयहरू पूर्ण रुपमा पालना गर्न अपिल गरेको छ ।

    कोरोना सङ्क्रमण रोकथामका लागि ओमानको सर्वोच्च समितिले ३१ जुलाईसम्मका लागि रात्रिकालीन लकडाउन लगाएको छ । आउँदो १६ जुलाईदेखि ३१ जुलाईसम्म साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म लकडाउन हुने दूतावासले जनाएको छ ।

    साथै,ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकाले त्यहाँ कार्यरत नेपालीहरूलाई आ-आफ्नो कम्पनी/स्पोन्सरमार्फत खोप लगाउन समेत दूतावासले सबैमा अनुरोध गरेको छ ।

    यस्तै महामारीकै बीचमा पनि ओमानले नेपालीको प्रवेश खुला नै राखेको छ । ओमान प्रवेश गर्ने यात्रुहरुले अनिवार्य रूपमा सात दिन क्वरेण्टिनमा बस्नुपर्छ ।

    ओमान सरकारले जारी गरेको तारासुद एपमार्फत आफ्नो विवरण भरी ओमान विमानस्थलमा अवतरण गर्नासाथ पीसीआर पनि परीक्षण गर्नुपर्ने व्यवस्था रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    कुनै समस्या परेमा या जानकारी चाहिएमा २४६९६१७७ वा २४६९६८८३ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

  • २५ असार २०७८, शुक्रबार १६:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images