बर्दिया । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बर्दियाले `वृहत् राष्ट्रिय वृक्षरोपण कार्यक्रम-२०७८´ जिल्ला तहको शुभारम्भ आज (२४ आषाढ,२०७८) बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका र बाँसगढी नगरपालिका बाट गरेको छ ।
कार्यक्रममा संघका महासचिव एवं कार्यक्रमका प्रमुख अतिथि रमेश आचार्यले सागुन,अमला र सिसौ रोपेर शुभारम्भ गर्नुभएको वृक्षारोपणमा झण्डै २ हजार विरुवा रोपिएको थियोे ।
उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा संघका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश संगठन कमिटी का सह-ईन्चार्ज रविन्द्र लम्साल , नेकपा (एमाले) बर्दिया संयोजक एवं बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ ,नेकपा (एमाले) बर्दिया सह-संयोजक एवं बाँसगढी नगरपालिका मेयर शालिकराम अधिकारी , अतिथिको रुपमा संघका स्थायी कमिटी सदस्य खेम शर्मा , ध्रुब थापा र सम्झना बिक ,नेकपा (एमाले) बर्दिया जिल्ला कार्यालय सदस्य नेत्र सापकोटा ,नेकपा (एमाले) बर्दिया जिल्ला सचिवालय सदस्य नैन बहादुर खत्री , संघका सचिवालय सदस्य भिम बहादुर सिंह र निर्मला मल्ल , केन्द्रीय सदस्य द्वय दिपेन्द्र श्रेष्ठ र ओम प्रकाश यादव, अनेरास्ववियु का केन्द्रीय सचिवालय सदस्य राजकुमार महत्तरा, केन्द्रिय सदस्य श्रृजना अधिकारी , मनिसा सुनार र कृष्ण आचार्य लगायत स्थानीय पार्टी नेता-कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियोे ।
कार्यक्रमलाई जिल्ला व्यापी रुपमा प्रभावकारी बनाउन संघका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष राजु पाहारी `दर्शन´ ले आवश्यक चर्चा गर्नुभएको थियोे । कार्यक्रममा बोल्दै नेता पहारिले नेकपा एमालेले चुरे दहन गर्न लागेको भन्दै भ्रम फैलाउने प्रती आपत्ति प्रकट गर्दै नेकपा एमाले ले बन जङ्गल मास्ने नभइ संरक्षण गर्ने गरेको स्पष्ट पार्नु भयो ।