भरुवा बन्दुकसहित दुई जना पक्राउ
  • CIA Khabar

  • बैतडी । भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई बैतडीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन नगरपालिका–१ सकारका ३६ वर्षीय नारदप्रसाद भट्टराई र ३८ वर्षीय लक्ष्मण भट्टराई रहेका छन् ।

    उनीहरू दुवैलाई बराइल रौटे भन्ने जंगलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । सकार जंगलमा चोरी शिकारी भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सोधी खोजी गर्दा दुवैलाई जंगलबाट बन्दुकसहित फर्किरहेको अवस्थामा पक्राउ गरेको हो ।

    पक्राउ परेका दुवैमाथि हातहतियार तथा खरखजना ऐनअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

  • २५ असार २०७८, शुक्रबार २०:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images