कुन-कुन नदीमा छ बाढीको जोखिम ?
  • CIA Khabar

  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको खतरा रहेको जानकारी दिएको छ ।

    महाशाखाले बाढीबारे जानकारी गराउँदै आज प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी तथा चुरे भई बहने केही स-सना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव हुनसक्ने जनाएको हो ।

    यी नदीहरुमा पानीको सतह बढ्ने हुँदा तटीय क्षेत्रका बासिन्दा तथा तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    यस्तो छ सूचना

  • २६ असार २०७८, शनिबार ०९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images