काठमाडौं । इलाका प्रहरी कार्यालय लहानबाट एक जना थुनुवा फरार भएका छन् । लागू औषधसहित पक्राउ परेर हिरासतमा रहेका एक जना थुनुवा गएराति एक बजेतिर फरार भएका हुन् ।
उनी जेठ २० गते पक्राउ परेका थिए ।
उनी एक बजेतिर हिरासतको ग्रील तोडेर फरार भएको लहानका डीएसपी डा। तपन कुमार दाहालले जानकारी दिए । फरार भएका ती थुनुवाको नाम भने प्रहरीले खुलाएको छैन ।
खोजी कार्य भइरहेकाले समाउन समस्या होला भन्दै नाम भन्न नमिल्ने दाहालले बताए । नाम सार्वजनिक भए समाउन गाह्रो होला,उनले भने, हामी खोजीमा जुटेका छौँ ।