एमाले कार्यदलको बैठकमा ३ जना सामेल
  • CIA Khabar

  • काठमाडौं २६ । एमाले विवाद सल्टाउन गठित १० सदस्यीय को कार्यदलको आजको बैठकमा जम्मा तीन जना उपस्थित हुनुभएको छ ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी वार्तामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ उपस्थित हुनुहुन्छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तर्फबाट उपाध्यक्ष भीम रावल मात्र सहभागी हुनुुभएको बताइन्छ ।

    हिजो साँझसम्मको वार्ताका बाँकी कुरा मिलाउन आज कार्यदलभित्रैका सीमित नेताबीच छलफल गरेर निचोडमा पुग्न खोजिएको स्रोतले दाबी गरेको छ ।

    विशेषगरी कार्यदलमा नेपालनिकट नेताहरुमध्ये उपाध्यक्ष भीम रावल र घनश्याम भुसालको कारण बैठक लम्बिएको बालुवाटारको बुझाई रहँदै आएको छ ।उहाँहरुबीच छुट्टाछुट्टै बैठक आयोजना गरी निश्कर्षमा पुग्न सहज हुने भन्दै आजको बैठक बोलाइएको एकथरिको भनाई छ ।

  • २६ असार २०७८, शनिबार १५:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images