काठमाडौँ। अमेरिकाले नेपाललाई अनुदानमा दिन लागेको १५ लाख डोज कोरोनाविरुद्धको खोप आगामी सोमबार बिहान काठमाडौँ आइपुग्ने भएको छ ।
कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउन लागेको हो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भटट्राईले अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने जानकारी दिएका हुन् । जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ ।
गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन (८ करोड) डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।