नेपाल पक्षका कार्यदल सदस्यहरू एकसाथ कोटेश्वरतिर
  • CIA Khabar

  • काठमाडौँ। नेकपा एमाले कार्यदलको माधव नेपाल पक्षका नेताहरू कोटेश्वर पुगेका छन् । पार्टीको विवाद समाधान उन्मुख भएको र आज हुने कार्यदलको बैठकले टुंगोमा पुर्‍याउने बताइरहेको अवस्था नेपाल पक्षका कार्यदल सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

    नेताहरू अझै पनि आन्तरिक छलफलमा व्यस्त भएकाले आजको कार्यदल बैठक बस्न ढिलाइ भएको छ ।

    बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतिर लागेका हुन् । उनीहरु एक घन्टापछि आउने भनेर गएको एक नेताले बताए । ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै छन् ।

    एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक हुन लागेको हो ।

    आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । उनले एमालेमा एकता कायम हुन लागेको विषयमा चासो राखेका थिए ।

  • २६ असार २०७८, शनिबार १६:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images