काठमाडौँको पुतलीसडक क्षेत्र जलमग्न
  • CIA Khabar

  • काठमाडौँ । शनिबार दिउँसो परेको भारी वर्षाले काठमाडौँको पुतलीसडक क्षेत्र जलमग्न बनेको छ ।

    सडकमा पानी जमेपछि केहीबेर मानिसहरुलाई आवतजावतमा समस्या परेको थियो । सवारी साधन आवागमनमा समेत समस्या परेको थियो ।

    पहिले पहिले ढल व्यवस्थापन नहुँदा सानो पानी परे पनि पुतलीसडक क्षेत्र जलमग्न हुने गरेकोमा आज दिउँसो ठूलो पानी परेपछि फेरि सो क्षेत्र जलमग्न बनेको हो ।

    ठूलो पानी पर्दा टुकुचा खोलाको पानी समेत सडकमा आउने गरेको छ ।

    पुतलीसडक क्षेत्रमा पछिल्लो समय ढल व्यवस्थापन गर्दा सडकमा पानी जम्ने समस्यामा केही कमी आए पनि आज दिउँसो ठूलो पानी परेपछि फेरि सडक जलमग्न बनेको हो ।

  • २६ असार २०७८, शनिबार १६:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images