काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्र डुबानमा
  • CIA Khabar

  • काठमाडौँ। भारी वर्षाका कारण काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान भएको छ ।

    वर्षाका कारण पानी जाने निकास नहुँदा सो क्षेत्रमा डुबान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा बाढी पसेको छ ।

    निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न भएको थियो । सडकमा राखिएका गाडी समेत डुबेका थिए भने सर्वसाधारणको आवतजावतमा समस्या भएको थियो ।

    धोबी खोला कोरिडोरलाई व्यवस्थित बनाइए पनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुबानमा पर्दै आएको छ ।

  • २६ असार २०७८, शनिबार १७:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images