धनगढी । सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले सरकार र बैँक तथा वित्तीय संघसंस्थासँग ७ बुँदे माग अघि सारेका छन् । कञ्चनपुरमा बसेको यातायात व्यवसायीको प्रदेशस्तरीय भेलाले महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तको संयोजकत्वमा संघर्ष समिति गठन समेत गरेको छ ।
उनीहरुले यातायात व्यवसायी र मजदुरलाई कोरोनाको खोप लगाउनुपर्ने, निजी सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनुपर्ने, २०७६ चैत ११ गतदेखि लकडाउन अवधीभरको व्याज पूर्ण रुपमा छुट र सावामा ५ देखि ७ प्रतिशतसम्म व्याज कायम गराउनुपर्ने उनीहरुले माग राखेका छन् ।