लुम्बिनीमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण
  • CIA Khabar

  • कपिलवस्तु ।कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ ।

    शनिबार कपिलवस्तु नगरपालिका – ५ गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणी बुद्धको प्रतिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अनावरण गरेका हुन् ।

    कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ भएको र यसलाई चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    उनले आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन् हुने बताए । संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमा सहितको पार्कले ध्यान खिच्ने उनको भनाइ छ ।

    अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मुर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ । कनकमणि बुद्धको मुर्ति विश्वको दोस्रो हो । यस अघि बर्मामा कनकमणिको मुर्ति स्थापना गरिएको थियो । मुर्तिसहित बगैँचाको समेत उद्घाटन गरिएको छ ।

  • २६ असार २०७८, शनिबार २१:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images