सेप्टिक ट्याङ्कमुनि खाल्डो खनेर ढलान गरिएको अवस्थामा सुजिताको शव फेला
  • CIA Khabar

  • काठमाडौँ। घरायसी विवादमा हत्या गरिएकी महोत्तरीको लोहरपट्टी नगरपालिका– ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव फेला परेको छ ।

    गत १९ जेठदेखि बेपत्ता भएकी उनको आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टि ट्याङ्कबाट बरामद भएको महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

    ‘उनको आफ्नै ससुराको जग्गामा रहेको सेप्टि ट्याङकको पिँधमा खाल्डो खनेर गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको छ,’ उनले भने ।

    शव फेला परेको स्थानदेखि करिब १ किलोमिटरको दूरीमा रहेको खेतमा केही दिनअघि मात्र अवशेष फेला परेको थियो । त्यसपछि सुजिताको हत्या आरोपमा उनका देवर रूपेश ठाकुर र श्रीमान् मुकेश ठाकुरसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी विष्टले बताए ।

  • २७ असार २०७८, आईतवार १२:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images