प्रधानमन्त्रीका प्रेस सल्लाहकारले गरेको व्याख्या गलत र अस्वीकार्य : माधव नेपाल
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गरेको कार्यदल सहमतिको व्याखा ‘गलत र अस्वीकार्य’ भएको बताएका छन् ।

    नेता नेपालले सामाजिक सञ्जालमार्फत अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने स्पष्ट पारेका हुन् ।

    उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको समेत जनाएका छन् ।

    हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित भएको आरोप लगाएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले कार्यदलबीच १० बुँदे सहमति भएसँगै सामाजिक सञ्जालमा शेरबहादुर देउवाको पक्षमा १२३ जना सांसद मात्रै रहेको जनाएका थिए ।

    थापाले सामाजिक सञ्जालमा लेखेका छन्( ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभाका सदस्यहरु अब १४६-२३‍=१२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्री थच्चियो !! जयनेपाल !!!’

  • २८ असार २०७८, सोमबार ०८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images